कुन-कुन औषधि नेपालमा प्रतिबन्धित छन्

औषधि व्यवस्था विभागले प्रतिबन्ध गरेका तथा विभागमा दर्ता नभएका कै्रयन औषधि बजारमा छ्याप छ्याप्ती बिक्री बितरण भइरहेको छ ।  मापदण्ड विपरित रहेका कारण दर्ता हुन नसकेका यस्ता औषधिहरु बजारमा छ्याप्छ्याप्ती पाइएपनि नियमनकारी निकायहरु भने मौन रहेका छन् । औषधि व्यवस्था विभागमा दर्ता हुन नसकेका यस्ता औषधिहरु बजारमा खृुलेआम बिक्रि भइरहेका छन् । भन्सार तिरेर नेपाल भित्रिएका कैयन औषधि नेपालमा दर्ता भएका छैनन् । 
प्रतिबन्धित औषधिका साथै अन्य दर्ता नभएका औषधिको बिक्री बितरण रोक लगाइएको विभागले गत वैशाख २७ गते सुचना जारी गरेको थियो । साथै उक्त सुचनामा यस्ता औषधि बिक्री बितरण गर्नेलाई कारबाही भइरहेको उल्लेख गरिएको भएपनि यस्ता औषधि बजारमा बिक्रि बितरण भइरहेको छ ।
विभागले दिएको जानकारी अनुसार २०४९ सालमा नै प्रतिबन्ध लगाइएका औषधिहरु हालसम्म पनि बजारमा बिक्रि बितरण भएका छन् । २०४९ फागुन १८ गते राजपत्राकिंत सुचना निकाल्दै केहि औषधि प्रतिबन्ध गरेको सुचना निकालेको भएपनि यस्ता प्रतिबन्धित तथा दर्ता नभएका औषधिहरु अहिले सम्म पनि बजारमा खुलेआम बिक्री भएका छन् ।  
विभागले बताएअनुसार स्टेप अप, सान्धी सुधा, स्मार्ट पि, भिमसेन पी, स्लीम प्लस,वायो प्लस, हेयर बिल्डीङ फाइबर, अनाहि बेम्बो, ब्रेस्ट सिमिलर , ब्रेस्ट फार्मिङ स्ट्रेज मार्क जस्ता औषधिहरु  हालसम्म औषधि व्यवस्था बिभागमा दर्ता भएको छैन । 
अहिले बजारमा उचाई बढाउनको लागि  स्टेप अप,  हार्डजोर्निको दुखाई कम गर्न सान्धी सुधा, जाँडरक्सी छुटाउने स्मार्ट पि ,मोटोपन बढाउने भिमसेन पि , मोटोपन घटाउने स्लीम प्लस , चायाँ पोतो हटाउने वायो प्लस , कपाल उमार्ने हेयर बिल्डीङ फाइबर, अनुहार गोरो बनाउने अनाहि बेम्बो, स्तनको आकार घटाउन ब्रेस्ट सिमिलर , स्तन ठुलो बनाउन ब्रेस्ट फार्मिङ  र पेट तथा शरिरमा रहेका धर्सा हटाउन स्ट्रेज मार्क जस्ता औषधिहरुको बिक्रि वितरण भएको छ । 
यस्ता औषधिहरुको खुद्रा बिक्रेताहरु पनि यी औषधिहरु प्रभावकारी नभएको बताउछन् । बिभिन्न प्रयोगकर्ताहरुलाई साइड इफेक्ट समेत गर्न गरेको औषधि पसलेहरु बताउँछन् । 
त्यस्तै मल्टिभिटामिन, एन्टिअक्सिडान्ट,कस्मेटिक्स, आइरन, फ्लोरिक एसिड क्याल्सियम, ट्रेसर मिनरल इलिमेन्ट न्युट्रासिउटिकल कम्पोनेन्ट,एन्टीबायोटिक्स, स्टेरोइड्स आदी समूह अन्तर्गतका तत्वहरु समावेश भएका ट्याब्लेट, क्याप्सुल ,सिरप, पाउडर ,क्रिम , लोसनको उत्पादन तथा  बिक्री  वितरणमा सरकारले रोक लगाएको छ । गत वैशाख २७ मा पनि यस्ता खालका औषधिहरुको बिक्री बितरण गर्नेलाई कार्वाहि गरिने भनेर सूचना जारी गरेपनि हालसम्म कोहि कसैलाई कार्वाहि भएको छैन ।  
औषधि ऐन २०३५ को परिच्छेद सातको दफा २५ मा प्रतिबन्धित औषधि बेचेमा तिन वर्ष कैद र २५ हजार जरिवाना वा दुबै हुने व्यवस्था गरिएको छ । त्यस्तै दर्ता नभएका औषधिहरु बिक्री बितरण गरेमा भने एक वर्ष कैद, वा पाँच हजार जरिवाना वा दुबै हुने व्यवस्था कायम गरिएको छ । 
ऐन नियममा यस खालको व्यवस्था भएपनि यस्ता औषधिहरु बजारमा छ्याप्छ्याप्ती बिक्री  मात्र होइन आमसञ्चारका माध्यमबाट बिज्ञापन समेत प्रकाशन तथा प्रसारण गर्ने गरिएको  छ । नियमनकारी निकायहरु भने यसमा मौन रहेका छन् ।
“यस्ता औषधिहरु बजारमा छ्याप्छ्याप्ती छन् , बिस्तारै कार्वाहिको दायरामा आउनेछन् ।”  औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने । 
साथै उनले विभागमा आवश्यक जनशक्तिको समेत अभाव भएका कारण कार्वाहिको दायरामा ल्याउन नसकिएको दाबी गरे । विभागमा कानुन अधिकृतको दरबन्दी आएको दुई वर्ष भयो तर कानुन अधिकृतको नियुक्ति हालसम्म हुन सकेको छैन । 
कानुन अधिकृत तथा जनशक्तिको अभावका कारण प्रतिबिन्धत तथा दर्ता नभएका औषधिको बिक्री बितरण गर्नेलाई कार्वाहि गर्न नसकिएको औषधि व्यवस्थापक पान बहादुर क्षेत्रीको भनाई छ । 
यस्ता दर्ता नभएका औषधिहरु भन्सारबाट कर तिरेर आएको हुने औषधि व्यवस्थापक क्षेत्रिको भनाई छ ।
प्रतिबन्धित औषधिहरु भने केहि दिनयतादेखि भन्सारबाटै रोकिएको क्षेत्रिले जानकारी दिए । तर  दर्ता नभई नेपालमा  बिक्री बितरण भएका औषधिलाई भने सरकारले भन्सारमा अहिले सम्म रोक लगाएको छैन । यसरी दर्ता नभएको औषधिको सेवनले यदि कसैको ज्यान गयो भने त्यसको जिम्मेवारी कसले लिने, क्षेत्रीले भने ।


प्रकाशित मिति: बिहीबार, जेठ २८, २०७२ १०:४३:२३

सुदिल पोखरेल

**See more at :http://kinmel.setopati.com/ausadhi-upachar/26184/




Post a Comment

Previous Post Next Post