गाउँघरमा पाईने प्राकृतिक जडिबुटीको प्रयोगले हाम्रो शरीररका आधा रोग निको पार्न सहयोग पु¥याउँछ । तर जडिबुटीको सहि प्रयोग र सदुपयोग गर्न नजान्दा हामी अस्पताल र चिकित्सकहरुको भर पर्नुपर्ने हुन्छ । हाम्रो घर वरीपरी पाईने त्यस्ता जडिबुटी छन् जसले हाम्रा शरीरमा लाग्ने कयौँ रोगहरु निको पार्छ । ती जडिबुटी मध्ये एक हो पीपल । आयुर्वेदमा पीपलको रुखलाई औषधीको भण्डारको रुपमा लिने गरीन्छ । पीपल कयौँ किसिमका रोगहरुको उपचारमा लाभकारी हुन्छ । पीपलको कोमल डाँठ अथवा कलिलो पात चपाउनाले मुखको छाला, दुर्गन्ध वा गिजा सुनिने जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ । यसका साथै गिजामा रगत आएमा पीपलको पातको नरम डाँठलाई धनियाँ वा शख्खरसंग चपाउँदै विस्तार विस्तारै त्यसको रस खानाले आराम मिल्छ ।यदि तपाई पिसाबको संक्रमण ( यूरीन ईन्फेक्शन ) बाट
आजित हुनुहुन्छ भने ५–७ वटा हरियो पीपलको पात २५० मिलिलीटर पानी राखेर पिँधने । यसमा १ चम्चा पिँधेको मिश्री मिलाएर बिहान बेलुकी खानाले राहत मिल्छ । लगभग १० पीपलको कलिलो पातलाई १०० ग्राम दुधसंग मिलाएर राम्रोसंग उमाल्नुहोस । यसलाई छानेर स्वादअनुसार पिँधेको मिश्री मिलाएर बिहान नाश्ताको समयमा पीउनाले स्मरणशक्तिमा कमी र तनाव जस्ता समस्या छुट्कारा पाउन सकिन्छ ।
Collected By:- Ajit Jha
Tags:
Natural products