किन बेचिन्छन् लाइसेन्स ??

नेपाली फार्मेसी क्षेत्र आज जयादै बिकराल अवस्थामा छ । धेरै दक्ष्य जनशक्तिहरू  अझै बेरोजगार छन्। प्राय सबै ठाँउमा समस्या छ। यस्तै एउटा बिकरल समस्या हो लाइसेन्स भाडामा दिने परम्परा । आज खुलेयाम रु १५०० देखि माथि लाइसेन्स बिक्रि हुने गरेको पाइन्छ ​। जिम्मेवार निकायको मौनताले अझै  यस्ता प्रवृतिलाई बल पुगेको छ​। साथै यस्तो बेपारले बिरामी माथि हुने जोखिमको कल्पना पनि गर्न मुस्किल हुन्छ ​।

जोखिम: 
  • लाइसेन्स भाडामा दिएर ढुक्क भएर घरमा बस्दा पसलमा हुने गैरकानुनी कामको जानकारी नहुन सक्छ: जस्तै, लाघुऔषध कारोबार , रेकोर्ड नराखी खुलेयाम लाघुऔषध अन्तर्गत पर्ने कोडिन, डाइयेजिपाम, लोराजिपाम आधि औषधीको बिक्रि, म्याद नाघेका औषधीहरु को बिक्रि, जुन गैरकानुनी हो।
  •  लाइसेन्स भाडामा दिएर अन्त काम गर्नु पनि गैर कानुनी हो। यस्तो गरेको भेटिएमा नगद जरिमाना वा जेल सजाय वा दुवै हुने प्रावधान छ।
  •    सबै भन्दा डरलाग्दो जोखिम भन्या बिरामीको ज्यान माथि कै खतरा हो । फार्मेसी नै नपढेका मानिसलाई औषधीहरु को बारे पूर्ण ज्ञान हुन्न। जुनै रोगका पनि कारणहरु  हुन्छन्। कति रोगलाई त सामान्य परमार्सबाटै ठिक पार्न सकिन्छ​। यस्तो रोगको गम्भिर्तालाई बुज्ने क्ष्यमता गैर फार्मासिस्टमा हुन्न​। हचुवाको भरमा औषधी बिक्रि गर्दा बिरामी कै ज्यानलाई खतरा हुन्छ​। यस्तो अवस्तामा लाइसेन्स धनी नै जिम्मेवार हुनु पर्छ ।
  •    लाइसेन्स भाडामा लिएर पसल संचालन गर्ने व्यक्तिको मनसाय नै फाइदा मुखी हुन्छ। पसलमा बोनसका औषधि बिक्रि गर्ने देखि लिएर महङ्गो औषधि किन्न बाध्य गराउने काम पसलेले गर्ने गर्छन जसले गर्दा बिरमीले राम्रो उपचार पाउदैनन् र उनीहरु को स्वस्थ्य मै प्रतिकुल असर पर्न जन्छ​।


बाध्यता:
  • कुनै पनि जोखिम युक्त काम गर्नमा केइ न केइ बाध्यताहरू लुकेका हुन्छन् । लाइसेन्स भाडामा राख्ने कुरामा पनि केइ बाध्यता छन् जसलाई मनन् गर्न एकदमै जरुरी छ
  •  देशमा फार्मेसी अध्ययन सकाएर बेरोजगार भइ बस्नेहरू को संख्या दिनानुदिन बढ्ने क्रममा छ । लाखौ खर्च गरेर पढी सक्दा पनि जागिर नपाउनु एउटा पीडा छदै छ त्यसमा झन् घर परिवारको जिम्मेवारी सहनै नसक्ने हुन्छ । यस्तो अवस्तामा थोरै भए पनि पैसा पाउने लोभमा उनीहरु लाइसेन्स भाडामा दिने गर्छन ।  
  • जागिर खाई राख्याहरू को नि स्थिति खराब नै छ । जागिर छ तलव छैन । तलबले महिना  धान्न मुस्किल हुन्छ । त्यसैले थोरै भए पनि आफ्नो गुजारामा सहयोग हुने आसामा उनीहरु लाइसेन्स भाडामा दिने गर्छन ।


समधान:
  •   फार्मेसी पेसा लाई मर्याधित बनाई सरकारी स्थरबाटै बडी भन्दा बडी दरबन्दीको बेवस्था गर्नुपर्छ
  •  हस्पिटल फार्मेसी र फर्मशिउटिकल कलकारखाना भन्दा बाहिरका अवसरको खोजि गर्नु आवश्यक छ, जस्तै: रिसर्च एन्ड डेब्लोप्मेन्ट, हर्वल मेडिसिन, फर्माकोभिजिलेन्स, मार्केट रिसर्च, बायोइकुभ्यालेन्स, क्लिनिकल ट्रायल्स , रेगुलेटोरी अफेयर्स आदि।
  •  फार्मेसी अध्ययनलाई बेवस्थित बनाई अन्तरराष्ट्रिय स्थरमा प्रतिस्पर्धा गर्न सक्ने जनसक्ति उत्पाधन गर्नु पर्छ।यसका लागि पाठयक्रममा सुधार, शिक्षकलाई तालिम र कलेजमा स्थर उन्नति हुनु जरुरी छ।
  • नयाँ आउने ग्रयाजुयेटका लागि तालिमको अवसर हुनु एकदमै जरुरी छ।
  •  होस्पिटल फार्मेसीमा पनि  मात्र फार्मेसी विषय अध्ययन सकाएर आएका व्यक्तिको उपस्थितिलाई सुनिस्चित गरिनु पर्छ​। साथै आवस्यक संख्या र न्यउनतम तलव पनि तोक्नु पर्छ​।


अत, जरैबाट समस्या निर्मुल नपारी मात्र दोष दिनु पटकै जाएज हुन्न । त्येसैले यसलाई सम्बोधन गर्न पट्टि सबै सरोकार पक्ष्यको ध्यान पुगोस् भन्ने मेरो आग्रह छ ।फार्मेसी क्षेत्रलाई मर्याधित बनाउनु हामी सबै को कर्तव्य हो । यसका लागि सबै एकजुट भै अघि बडौँ


हाम्रो Facebook पेज लाइक गर्नुस् र यस्तै लेख हरु को लागि यो ब्लग subscribe गर्नुस् ।


Post a Comment

Previous Post Next Post