डब्लुएचओले ल्यायो एचआईभी संक्रमितलाई एन्टीरेक्ट्रोभाइरल


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एचआईभी संक्रमण भएकालाई एड्स संक्रमितहरुलाई दिइने औषधी एन्टीरेक्ट्रोभाइरल दिइनुपर्ने सुझाब दिएको छ । यसअघि रोग बढेपछि मात्र बिरामीलाई औषधी दिने चलन हटाएर डब्लुएचओले एचाआइभी उपचारसम्बन्धि नयाँ नीति ल्याएको हो ।
रोग नियन्त्रण गर्न र संक्रमण बाट बच्न एचआईभी एड्सको खतरामा रहेका मानिसहरुलाई पनि औषधी दिनु पर्ने बताइएको छ ।डब्लुएचओले स्वास्थ्य क्षेत्रमा ल्याइएको यस नीतिले सन् २०३० सम्ममा २ करोड १० लाख मानिलाई एड्ससँग सम्बन्धि रोग र २ करोड ८० लाखलाई नयाँ संक्रमणबाट बचाइने पनि राष्ट्रसंघीय यस स्वास्थ्य निकायले जनाएको छ । यस सुझाबसँगै एन्टीरेक्ट्रोभाइरल प्रयोगका लागि योग्य एचआइभी संक्रमितहरुको संख्या २ करोड ८० लाखबाट ३ करोड ७० लाख पुग्नेछ । हाल बिश्वमा एचआईभीको लक्षण भएका हरेक १० मध्ये ९ जनाले यस्तो औषधी सेवन गरिरहेको बताइन्छ ।
के हो एन्टीरेक्ट्रोभाइरल ? 
यस औषधीले एचआईभी बृद्धि हुनबाट बचाउँछ र शरिरमा भाइरसको मात्रा पनि घटाउँछ । शरिरमा न्यून एचआईभी हँुदा निको हुने सम्भावना हुन्छ । एचआईभीको मात्रा घटाएर औषधीले भाइरस सर्ने जोखीमलाई पनि घटाउँछ । एचआईभीलाई उपचार गर्न प्रयोग गरिने विधि एन्टीरेक्ट्रोभाइरल थेरापी (एआरटी) एउटा औषधीहरुको संयोजन हो । यो उपचार विधि भने होइन, तर यसले भाइरसलाई नियन्त्रण गर्छ ताकि बिरामी केही लामो समयसम्म बाँच्छन्, स्वस्थ हुन्छन् र एचआईभी संक्रमण अरु मानिसमा सर्ने सम्भावना पनि घट्छ ।एचआईभी अनुसन्धान तथा उपचार सम्बन्धी विश्व कोषका कार्यकारी निर्देशक मार्क डाइबुल भन्छन् ‘छिटो उपचार र उपचारत्मक लक्ष्य प्राप्तीका लागि अघि बढ्न डब्लुएचओका नयाँ सुझाब महत्वपूर्ण छन् ।’‘एचआइभीलाई एउटा स्वास्थ्यसम्बन्धी खतराका रुपमा अन्त्य गर्न हामीले यस महत्वाकांक्षी योजनालाई अंगीकार गर्नुपर्छ ,’ उनले थपे ।राष्ट्रसंघीय एड्ससम्बन्धी कार्यक्रममा मिचेल सिडिबले भने, ‘एड्स संक्रमित भएर बाँचेकाहरुलाई जीवन बचाउने उपचार गर्ने अधिकार छ । एउटा बृहत अध्ययनपछि डब्लएचओको यो घोषणा आएको हो ।विश्व स्वास्थ्य संगठनका अनुसार न्यून आय भएका देशहरुलाई एड्सबिरुद्ध लड्न वार्षिक करिब २० करोड डलर आवश्यक पर्छ । तथ्यांकअनुसार३० वर्षअघि अफ्रिकी मुलुकमा फैलिएको यस रोगबाट अहिलेसम्म करिब ४० करोड मानिसको मृत्यु भइसकेको छ । तथ्यांकअनुसार ३० वर्षअघि अफ्रिकी मुलुकमा फैलिएको यस रोगबाट अहिलेसम्म करिब ४० करोडको मृत्यु भइसकेको अनुमान छ ।  एन्टीरेक्ट्रोभाइरल औसदी मा अबकविर , जिदोवुदिने,lamivudine, stavudine , didanosine , तेनोफोविर प्रयोग गरिन्छ ।
-रिया भण्डारी

Post a Comment

Previous Post Next Post