पूर्वमा रित्तिँदै स्टक औषधि

विराटनगर- ५३ दिनदेखि बन्द र दुई सातायता जारी नाकाबन्दीले पूर्वी नेपालमा अत्यावश्यक औषधि अभाव हुन थालेको छ। स्वास्थ्यसंस्थामा गम्भीर अवस्थाका बिरामीलाई बचाउन प्रयोग गरिने औषधि र सुई नै पाइन छाडेको छ। बिरामी अस्पताल राखेर औषधि खरिद गर्न नजिकको भारतीय बजार पुग्नुपर्ने बाध्यता छ।
गोदाममा भएका औषधि सकिन लागे पनि आयात ठप्प हु"दा समस्या भएको विराटनगरका थोक बिक्रेता बताउ"छन्। विराटनगरलगायत पूर्वका जिल्लामा औषधि वीरगन्ज नाकाबाट आउने गर्छ। उक्त नाकामा जारी अवरोधले औषधि अभाव भएको औषधि व्यवसायी महेशप्रसाद देवले बताए। उनले भने, 'गोदाम रित्तिइसक्यो, हडतालका कारण कम्पनीले औषधि पठाएको छैन।' उनका अनुसार औषधिका खुद्रा व्यापारीबाट धेरै माग आइरहे थोक बिक्रेताले आपूर्ति गर्न सकिरहेका छैनन्। 'आपूर्ति ठप्प छ कसरी माग धान्ने?' उनले भने, 'यति बेला ट्याब्लेटजन्य औषधिको अभाव चुलिएको छ।'
बालबालिकालाई आवश्यक औषधि अभाव हु"दा थप समस्या भइरहेको अर्का व्यवसायी राकेश राजवंशी बताउ"छन्। उनका अनुसार क्लामम, फेलेक्स, सिलिमन, मलमलगायत औषधि छैनन्। विराटनगरमा जीवनरक्षक औषधिको समेत चरम अभाव भएको औषधि व्यवसायी संघ कोसी अञ्चल अध्यक्ष लक्ष्मण माझीको भनाइ छ। माझीका अनुसार लाइफ मेडिसिन, चिनी, प्रेसरलगायत दीर्घरोग, थाइराइड तथा अपरेसनमा प्रयोग हुने औषधि र इन्सुलिन पाइन छाडेको छ। वीरगन्ज नाका ठप्प रहेकाले काठमाडौंबाट प्लेनमा आउने केही औषधिले धान्न नसकेको माझीले जानकारी दिए।

पूर्वमा करिब ७० प्रतिशत औषधि वीरगन्ज नाकाबाट भित्रन्छ। तत्काल आन्दोलन अन्त्य नभए औषधि नै नपाएर बिरामीको ज्यान जाने जोखिम रहेको व्यवसायी बताउ"छन्। विराटनगरका थोक बिक्रेता सुपारस सिंघीले भने, 'तत्काल आपूर्ति सहज नभए निकट भविष्यमै औषधि अभावले विकराल अवस्था निम्त्याउन सक्छ।'

नाकाबन्दीका कारण इन्धन अभाव हु"दा सरकारले निःशुल्क दिएको औषधि ढुवानीमा पनि समस्या आएको पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर्स विराटनगरका प्रमुख भरत साहले बताए। उनले पूर्वाञ्चलका जिल्लामा हालसम्म औषधि अभाव हुन नदिएको पनि दाबी गरे। 'इन्धन अभावले ढुवानीमा समस्या भए पनि पूर्वका कुनै पनि जिल्लामा औषधि अभाव हुन दिएका छैनौं,' साहले भने।

इमरजेन्सीकै इन्जेक्सन छैन

धरान– पूर्वमा सबैभन्दा बढी स्टक रहने धरानमा पनि अत्यावश्यक औषधि रित्तिँदै गएको छ। व्यवसायीका अनुसार स्लाइन, एन्टिबायोटिक तथा जीवनरक्षक इन्जेक्सन सकिँदै गएको छ। धरान–१८ स्थित सत्यम् फर्माका सञ्चालक सुवास पौडेलले अहिले थोक विक्रेतासँग स्लाइन सकिँदै गएको बताउँदै इन्जेक्सन आइटम पनि पाइन छाडेको बताउँछन्। 'स्लाइन, इन्जेक्सन सबै भारतबाटै आउने हो, यति लामो बन्द भइदिँदा होलसेलमा पनि पाइन छाडेको छ,' उनले भने।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित लाइफ केयर मेडिकलका अनुसार ग्यास्टिकका बिरामीलाई आवश्यक पेन्टाप्रोजोल, एजर्लीको एभिलजस्ता इन्जेक्सन सकिएको छ। चिकित्सकले भारतीय कम्पनीको नामसहित औषधि लेखिदिने गरेकाले पनि समस्या हुने गरेको लाइफ केयरका मित्र थापा बताउँछन्। 'अहिलेसम्म स्टक औषधिले धान्यांै तर अब समस्या छ,' उनले भने।

व्यवसायीका अनुसार इमरजेन्सीमा चाहिने हाइटोकोटेसन, एड्रिनालिन, एट्रोपिनजस्ता इन्जेक्सन पनि पाइन छाडेको छ। ट्याब्लेटमा आत्मनिर्भर भए पनि एन्टिबायोटिक इन्जेक्सनका लागि भारतको भर पर्नुपर्ने बाध्यता छ। 'पूर्वमा धरानले नै सबैभन्दा बढी औषधि स्टक गरेर व्यवस्थापन गर्ने हो। यहाँ पनि सकिँदै गएको छ, लाइफ सेभिङ औषधि नपाउँदा भयावह स्थिति निम्तिन सक्छ,' औषधि व्यवसायी संघका केन्द्रीय सदस्य एवं सुनसरी ओखती घरका सञ्चालक सिपी दत्तले भने।

बालबालिका खोपबाट वञ्चित

लहान– आमहडतालका कारण यातायात नचल्दा सिरहामा औषधि र अक्सिजन आपूर्ति हुन सकेको छैन। जिल्ला अस्पताल सिरहाका सूचना अधिकृत राजवीर यादवका अनुसार कुनै प्रकोप फैलिए औषधि अभावकै कारण नियन्त्रण लिन नसकिने अवस्था छ। 'सिरहामा औषधि लगभग सकिएको छ,' उनले भने, 'गाउँका स्वास्थ्यकेन्द्रमा पनि छैन।'

क्षयरोगी, कुष्ठरोगीलगायतले नियमित सेवन गर्नुपर्ने औषधि पाउन सकेका छैनन्। बन्दका कारण कुष्ठरोगीलाई सरकारले निःशुल्क उपलब्ध गराउने औषधि जिल्ला भित्रिन सकेको छैन।

अक्सिजन आपूिर्तसमेत ठप्प हुँदा गम्भीर प्रकृतिका बिरामी आउँदा रेफर गरिहाल्नुपर्ने बाध्यतामा अस्पताल छन्। बन्दले बालबालिकाको खोप कार्यक्रमसमेत प्रभावित बनेको छ।

बन्दका कारण खोप (सुई, झोल) समेत सकिएको छ। बिसिजी, डिपिटी, दादुरालगायत खोपबाट यस क्षेत्रका बालबालिका वञ्चित छन्। नियमित ओपिडीमा आउने बिरामीलाई जाँच गरेर लेख्नेबाहेक कुनै पनि औषधि अस्पतालबाट दिन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

६० प्रतिशत औषधि भारतबाटै

झापा– झापामा अत्यावश्यक औषधिको संकट बढ्दै गएको छ। औषधि व्यवसायीका अनुसार झापा र मेचीको औषधि बजारमा नेपाली उत्पादनले मागको ४० प्रतिशत हिस्सा मात्रै धान्छ। बाँकी ६० प्रतिशत भारतीय बजारबाटै ल्याउनुपर्छ। तराईमा जारी तनाबले वीरगन्ज नाका हुँदै आउने औषधि र त्यहीँ उत्पादन हुने औषधि पनि पूर्वको बजारमा आउन सकेको छैन।

'यहाँ औषधि आइपुग्न वीरगन्ज नै माध्यम हो,' दमकका औषधि व्यवसायी धनपति बरालले भने, 'तर, त्यहाँ ठप्प भएका कारण महिनादिनभन्दा लामो समयदेखि औषधि आउन पाएको छैन, अभाव चुलिएको छ।'

स्वास्थ्यकर्मीका अनुसार नेपालमा उत्पादन नहुने जीवनदायी औषधि सलाइन, विभिन्न खोपको अभाव छ। त्यस्तै, अत्यावश्यक मानिने अक्सिजनको पनि अभाव सुरु भइसकेको छ। 'लाइफ सेभिङ ड्रग्सहरूकै ठूलो अभाव छ,' औषधि व्यवसायी केशव सुवेदी भन्छन्, 'यी अधिकांश औषधि भारतीय बजारबाटै आउने गरेका छन्।'

लगातारको तराई आन्दोलनले यातायात ठप्प भएको लामो समय बितेको छ। खास गरी लामो रुटका साधन नचल्दा औषधि भिœयाउन समस्या छ। झापाली व्यवसायीका अनुसार मेचीका पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङका लागि आवश्यक पर्ने औषधि झापा हुँदै जान्छन्। महिनादिनभन्दा लामो समयदेखि पहाड जाने औषधि पनि जान सकेको छैन। यसले पहाडी क्षेत्रमा पनि अभाव चर्को रहेको उनीहरूको भनाइ छ।

ड्रेसिङ गर्न पनि समस्या

उदयपुर– अस्पतालमा चाहिने सामान्यदेखि अत्यन्त जरुरीसम्मका औषधि अभाव सिर्जना भएको उदयपुर अस्पतालले जनाएको छ। सबभन्दा बढी बिरामीको चाप पर्ने सदरमुकामस्थित उदयपुर जिल्ला अस्पतालमै औषधि अभाव हुन थालेको जिल्ला जनस्वास्थ्य प्रमुख तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।

अस्पतालमा कुनै पनि बेला आवश्यक पर्ने शल्यक्रियादेखि लिएर सामान्य डे्रेसिङसम्मका औषधि अभाव भएपछि दुःखपूर्वक सेवा धानिरहेको डा. दासले बताए। उनले विराटनगर, लहान, काठमाडौंबाट थोरबहुत औषधि ल्याएर काम चलाएको जानकारी दिए। सप्तरी, सिरहा, वीरगन्ज, जनकपुरजस्ता ठूला सहर तराई बन्दले आउजाउ बन्द भएका कारण औषधि ल्याउन समस्या परेको हो। लहानसम्म मोटरसाइकलमा र विराटनगरसम्म वैकल्पिक मार्ग भएर आउजाउ गर्न मिल्ने भएकाले त्यहीँबाट काम चलाउ औषधि ल्याएर उपचार गर्ने गरेको दासले बताए।

तराई बन्द सुरुसँगै लगातार ५३ दिनदेखि ठप्प उदयपुरमा अन्य सामानसँगै औषधि पनि भित्रिन नपाएको अस्पतालले जनाएको छ। बाह्य देश र जिल्लाबाट जुनसुकै सामान उदयपुर भिœयाउनुपर्दा सिराहा र सप्तरी भएर ल्याउनुपर्ने भएकाले बन्द सुरुदेखि नै उदयपुर पनि ठप्प हुँदै आएको छ। मौज्दात औषधि एक महिनाअघि नै सकिए पनि थप औषधि ल्याउन नसकिएकाले अभाव हुन पुगेको अस्पतालले जनाएको छ। डाक्टर दासका अनुसार महिना, डेढमहिनासम्म पुग्ने गरी मात्र औषधि स्टक राखिएको हुन्छ। धेरै दिनका लागि ल्याउँदा म्याद गुज्रने समस्या हुन्छ।

पुरानो स्टक औषधि सकिइसकेकाले नयाँ भिœयाउन अति जरुरी भए पनि नाकाबन्दीले समस्या पारेको दासले बताए। उनका अनुसार सरकारले निःशुल्क उपलब्ध गराउने ७० किसिमका औषधिमध्ये अधिकांश सकिएको छ। सप्लायर्सले पनि भारतको नाकाबन्दी कारण देखाउँदै आपूर्ति नगरिदिएको उनले बताए। 'सप्लायर्सले दिनुपर्ने औषधि नाकाबन्दीको कारण देखाएर ल्याउन सक्दैनौं भन्छन्,' दासले भने, 'तर, अत्यावश्यक परेपछि मोटरसाइकलमा कर्मचारीलाई ल्याउन लगाएर पनि सेवा रोक्न भने दिएका छैनौं।'
- Source: Nagariknews

Post a Comment

Previous Post Next Post