तीन महिना पुग्ने औषधि छ–सङ्घ


मुलुकका औषधि उत्पादकहरुको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घले तीन महिना पुग्ने औषधि मौज्दात रहेकेो स्पष्ट गरेको छ। 
सङ्घले आज एक विज्ञप्ति जारी गरी औषधि व्यवस्था विभागले प्रकाशन गरेको आवश्यक औषधिको सूचीमध्ये करिव ८० प्रतिशत औषधि मुलुक कै उत्पादन रहेको जनाएको छ। 
औषधिको चरम अभाव भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा तीन महिनापछि पनि वैकल्पिक स्रोतबाट कच्चा पदार्थ ढुवानी गरी निर्वाधरुपले औषधि आपूर्ति गर्न सकिने उल्लेख छ । 
सङ्घले इन्धनको सहज आपूर्ति र ढुुवानीको सुरक्षित व्यवस्था गर्न सरकारसमक्ष आग्रह पनि गरेको छ । रासस 

प्रकाशित मिति: शुक्रबार, आश्विन २२, २०७२ १३:५९:४५




Post a Comment

Previous Post Next Post