नेपाल औषधिगत विक्रि प्रबन्धक संगठन(PEAN)ले ४ बुँदे माग राखि ज्ञापनपत्र बुझाएको छ

काठमाण्डौ(मेस) नेपाल औषधिगत विक्रि प्रबन्धक संगठन(PEAN)ले औषधी व्यवस्था विभागको महानिर्देशक बालकृष्ण खकुरेलाई भेटि आफ्ना सदस्यहरुले भोगिरहेको समस्याहरुलाई उचित एवं न्यायोचित समाधानको पहल गरिदिन आग्रह गर्दै ४ बुँदे माग राखि ज्ञापनपत्र बुझाएको छ । नेपाल औषधिगत विक्रि प्रबन्धक संगठनका केन्द्रिय अध्यक्ष नेत्र नाथ पौडेलको अनुसार ज्ञापनपत्रमा निम्न मागहरु रहेको जानकारी गराउनु भएको छ ।

(१) भारतीय तथा अन्य विदेशी कम्पनिहरु नेपालमा वजार प्रवर्धन गर्न आउदा नेपालको वजार लाई कतिपय कम्पनीहरु   (खास गरि भारतीय ) ले भारतकै एउटा स्टेट (राज्यको) रुपमा मार्कटिङ्ग गरिरहेको जस्तो देखिएकोले सबै भारतीय तथा अन्य विदेशी कम्पनीले नेपालमा अनिवार्य क्षेत्रीय अफिस राख्नु गर्ने प्रावधान गर्ने माग गर्दछौं । यस प्रावधानले नेपाल विदेशी कम्पनीको लागी अन्तराष्ट्रिय वजारको अंगको रुपमा स्वत परिभाषित हुनेछ साथै यसरी क्षेत्रीय कार्यलय नेपालमा स्थापना गर्दा सबै विदेशी कम्पनिमा कार्यरत पेशाकर्मीहरुको संचयकोष नेपालमै जम्मा हुने वातावरण निमार्ण पनि हुने पनि हाम्रो ठहर छ ।
(२) औषधि व्यवसाय तथा पेशामा कार्यरत व्यवसायी वा पेशाकर्मीहरु मध्ये धेरै जसो व्यवसायी वा पेशाकर्मीहरुको अभिलेख नेपाल सरकार संग भए पनि हामी जस्तो विक्रि प्रवर्धनमा लागेका पेशाकर्मीहरुको कुनैपनि अभिलेख सरकारी निकाय संग छैन । पेशाको सरकारी पहिचान पनि छैन । त्यसैले बेला बखतमा परि आउने विवादहरुको समाधानमा समस्याहरु वेहोनु परेको छ । त्यसैकारणले हामी यसै ज्ञापनपत्र मार्फत औषधि व्यवस्था विभागमा आधिकारीक Marketing desk  को व्यवस्था गर्न माग गर्दछौं । यस बाट औषधि व्यवस्था विभागले पनि थुपै आवश्यक सुचनाहरु हामीवाट लिई गुणस्तरीय औषधि सर्वसुलभ रुपमा जनतामा पु¥याउन  सहजतामा महसुस गर्नेछ भन्ने हाम्रो ठहर छ ।
(३) यो पेशामा आवद्द पेशाकर्मीहरु कुनै समय मेडिकल रिप्रिजेन्टेटिभ रहेर काम गरिसकेका र तह वढुवा भई आएका तथा नयाँ आउने सदस्य समेत यही प्रक्रिया बाट आउने हुँदा पेशाको गरिमालाई कायम राख्न मेडिकल रिप्रिजेन्टेटिभको न्युूनतम योग्यता स्नातक पास अनिवार्य गर्न  माग गर्दछौं ।
(४)  हाम संस्थामा रहेका सबै सदस्यहरु लाई औषधिको बजार प्रवर्धन तथा व्यवस्थापनमा  राम्रा ज्ञान हुने भएको व्यहोरा यँहामा अवगत नै छ । त्यसैले औषधि व्यवस्था विभाग अन्र्तगतको  परामर्श समितीमा हाम्रो संस्थाको तर्फबाट समेत सहभागिता गराईएमा DDA तथा हामी सबैलाई सहज हुने  भएकोले संस्थाको प्रंतिनिधित्वका लागी पहल गरिदिन हुन अनुरोध गर्दछौं ।  

अध्यक्ष पौडेलको अनुसार यि माग मात्र पुरा भएको अवस्थामा हाम्रा सदस्यहरुको धेरै भन्दा धेरै समस्याको हल हुने हुदा सम्बन्धित निकायहरु बट आवश्यक पहल गरी सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ ।

Post a Comment

Previous Post Next Post