Current status of Medicine and Suggestions from Medical practitioners of Nepal

यो भिडियो अवश्य हेर्नुहोस् र हेरिसकेपछि शेयर गर्न नबिर्सिनुहोस, औषधि अभाव कम गर्नको लागि !नाकाबन्दीको कारणले नेपालमा औषधीको पनि चरम अभाव भएको बिभिन्न संचार माध्यम सुनिएको छ। इमर्जेन्सी सेवामा चाहिने, विषेशगरि सिरिन्ज प्रयोग गरिने औषधिहरुको अभाव रहेको छ | नेपालमै उत्पादन हुने ट्याब्लेट औषधि केहि महिना धान्ने स्टक रहेको छ भने केहि विदेशी औषधिहरुको अभाव भएको खण्डमा, विकल्पको रुपमा नेपाली औषधि चिकित्सकहरुको सल्लाहमा परिवर्तन गर्न सकिए समस्या केहि कम हुने विशेषज्ञ डाक्टरहरुको भनाई छ |एक ठाउँमा अभाव देखिएको औषधि अर्को ठाउमा स्टक हुन सक्ने हुनाले नेटवर्क बनाई यस्तो कुरा शेयर गरे समस्या धेरै नचुलिने निष्कर्ष।औषधि समस्या कम गर्न संयोजकत्व गरि रहेको  Medication for Nepal मा सामेल भै समस्या न्यूनीकरण गर्नमा साथ दिनुहोला |

यस चेतनामूलक भिडियो बनाउन आफ्नो अमुल्य समय दिनुहुन सबै सहभागीहरुलाई हार्दिक धन्यवाद ।भिडियो छायांकन तथा सम्प्रेषण गर्नुहुने पुन्जिता प्रधान र अनुप भास्वानी जी लाई धन्यबाद 

Post a Comment

Previous Post Next Post