एनआरएनएद्वारा ५५ लाख रुपैयाँ बराबरको औषधी सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई ५५ लाख रुपैयाँ बराबरका औषधी सहयोग गरेको छ । 
 
एनआरएनको टोलीले आइतबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई भेटेर अष्टे«लिया र चीनबाट संकलित औषधी हस्तान्तरण गरेको हो।
 
भारतको अघोषित नाकाबन्दीले नेपालका अस्पतालहरुमा औषधीको अभाव भएको सन्दर्भमा एनआरएनएले मंसिर ८ गते पहिलो चरणमा ३८ लाख रुपैयाँ मूल्य बराबरका औषधी सहयोग गरेको थियो।
 
एनआरएनएले चार चरणमा गरी हालसम्म १ करोड ६० लाख रुपैयाँ बराबरका औषधी सहयोगस्वरुप उपलब्ध गराइएको बताएको छ। एनआरएनएका अध्यक्ष शेष घलेले अप्ठेरोमा परेका बेला मुलुकलाई सहयोग गर्नु गैरआवासीय नेपालीको कर्तव्य भएको भन्दै त्यहि कर्तव्यवोध गरेर औषधी सहयोग गरेको बताए।
 
उनले अष्ट्रेलिया र चीनमा संकलित औषधी नेपाल वायु सेवा निगमले हङकङबाट निःशुल्क ल्याइदिएको पनि बताए। औषधी सहयोग गरेकामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले एनआरएनएलाई धन्यवाद दिए।

source:setopati

Post a Comment

Previous Post Next Post