फर्मासिस्ट लाइसेन्स परीक्षामा सुधार गर्नु पर्ने

नेपाल फार्मेसी काउन्सिल ले आज (मिति २०७२/१२/२७) मा लाइसेन्स को परीक्षा लियो । नेपाल लगायत भारत , पाकिस्तान लगायतका देश बाट आफ्नो अध्ययन पूरा गरेर नेपाल आएका करिब १ हजारजना भन्दा ज्यादा फार्मेसीका विधार्थी यो परिक्षामा सामेल थिए । गत -साल देखि परीक्षा संचालन गर्दै आएको नेपाल फार्मेसी काउन्सिल ले यसवर्ष पनि काठमाण्डौमा मात्र परिक्षा संचालन गर्यो । राजधानी बाट मात्र परीक्षा गरिदा देशभरका विधार्थी उपत्यका आउन बाध्य छ्न । यस बाट परिक्षार्थी मा आर्थिक व्ययभार बढन गएको छ । विधार्थीहरु को संख्या र शंकाय हेरे परीक्षा केन्द्र लाई लाई क्षेत्रीय रुपमा पोखरा बुटवल चितवन जस्ता शहर हरुमा विकेन्द्रीत गर्ने हो भने धेरै विधार्थी लाई सरल हुने थियो ।
यस्तै गरि , फार्मा डि विषयको लागि पनि बि फार्मा को प्रश्न सोधिनु अव्यवहारिक हुन्छ ।परिक्षार्थीहरु को भनाइ मा यसको लागि छुट्टै प्रश्नपत्र तयार गरिनु पर्दछ ।
बि फार्मेसीको परीक्षा पनि नोबेल एकेडेमीमा एक मात्र परिक्षा केन्द्रमा हुनु पनि विचारणीय र अव्यवहारिक पक्ष हो ।यहि परिक्षामा सहभागी राजिव गान्धी युनिभर्सिटी कि छात्रा प्रमिला शर्मा को भनाइमा नेपाल फार्मेसी काउन्सिल को प्रश्नपत्रधेरै जसो क्लिनिकल र नियम कानुन मा बाधिएको छ ।नेचुरल प्रोडक्ट र मेडिकल क्यामेस्ट्री मा जुन रुपमा प्रश्न सोधिनु पर्ने त्यो रुपमा प्रश्न सोधिएको छैन ।
उनको भनाइ छ , औषधि खोज , त्यसको प्रयोग , त्यसको उत्पादन , त्यसको बजारीकरण देखि लिएर औषधि ले कसरी कार्य गर्दछ त्यस सम्बन्धमा सम्पुर्ण विषय लाई सापेक्षित बनाएर परिक्षा लिनु पर्ने थियो । यस्तै अर्का परिक्षार्थी भन्छ्न , नेपाल फार्मेसी काउन्सिल ले पाठयक्रममा एकरुपता ल्याउन सके मात्र परीक्षा व्यवहारिक हुन्छ । उनका अनुसार पाठ्यक्रम एकातिर छ भने एकेडमीक पद्धति अर्कातर्फ अनि परीक्षा अर्को तिए यसो हुदा पाठक्रम - शैक्षिक पद्धति र परीक्षण प्रणाली बिछ तालमेल हुन सकेको छैन ।
औषधि विज्ञान जस्तो जटिल विषयमा काउन्सिल को यो लापरबाही वास्तवमा अनुचित छ ।उल्लेखित विषयमा ध्यान दिदै समग्र पाठ्यक्रम , शैक्षिक पद्धति र परीक्षा प्रणाली प्रती काउन्सिल ले सुधार गर्नु पर्ने देखिन्छ ।
-अजित झा

Post a Comment

Previous Post Next Post