एकै जिल्लामा औषधी अभावले २० जना को मृत्‍यु हुँदा पनि सरकार मुगदर्शक

नेपाल ! जाहा एक नेताको टाउको फुटदा सय जनताको हात शासकले भाच्दछ !,जाहा साना विषय जटिल बनाएर कुरुप आवाजले देश नग्न बनाउने काम गरीन्छ !, हो हाम्रै नेपाल ,जाहा देश विक्षिप्त बनाएर आफ्नो पुर्णता खोजिन्छ ।
यही नेपालका यस्ता सिमान्तकृत मानव बस्ती पनी छन जसको रोदन लोक सुन्दैन !, जसको पिडा सरकार बुझ्दैन ।सुन्दर हुम्ला हाम्रै ह्रदयको टुक्रा हो ।जाहा प्रकृतिले मानव लाई स्वर्ग को आभाष दिएकी छन । हो त्यही हुम्लाका मानव बस्ती रुघा-खोकी को लक्षण देखिने अज्ञात रोगको शिकार बन्यो । सञ्चार माध्यमका अस्पष्ट खबर अनुसार बिस जना नेपालीजनको मृत्यु भएको छ । स्थीती सञ्चार माध्यममा आएको भन्दा जटिल छ किनकि स्थलगत रुपमा परीस्थीतीको अध्ययन गरीएको छैन । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमीत प्रमुख का अनुसार औषधि जिल्लामा पुगेको छ तर स्थानिय सञ्चारकर्मी भन्छन "महामारी प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुगेका छैनन ।" यसरी राज्य संयत्रको निर्थक उपस्थीती र सरकारको बेवास्ता हेर्दा समग्र राज्य व्यवस्था आम-नागरीक को जीवन माथी मजाक गरीराखेको मात्र हैन  सरकार मानवता विरोधी जघन्य अपराध गर्दैछ  नियोजित रुपमा नागरीकको हत्या गर्न लागी परेको छ ।विश्वकै सर्वोत्कृष्ट भनिएको नया संविधान ले आम जनता लाई स्वस्थ जीवनयापनको अधिकार प्रदान गरेको भएपनी सरकार ले आम नागरीकका हक अधिकार शब्दमा मात्र सिमीत राखेको देखिन्छ ।

अधिनायकवादी शासकहरु आफुलाई धेरै महत्वपुर्ण ठान्दछन र अरुको अस्तीत्व स्वीकार गर्दैनन । सरकार आफु त हुम्ला गएन जागरुक युवाको समुह मेडिकेसन फर नेपाल ले हुम्लामा औषधि पुराउन सहयोग गर्छु भन्दा पनी अस्वीकार गरेको छ । सरकारी उदासिनता र अकर्मण्यता प्रती सामाजिक कार्यकर्ता तथा मेडिकेसन फर नेपालीकी सुमना श्रेष्ठले दु:ख प्रकट गरेकी छन । मेडिकेसन फर नेपालको भनाई छ "कि सरकार ले आफ्नो जिम्मेवारी पुरा गरोस अन्यथा हामीलाई नागरीक कर्तव्य र मानव सेवाधर्म पालना गर्न सहयोग गरोस ।" यदी राज्य सञ्चालक यसैगरी संवेदनाहिन हुदै जाने हो भने आम-नागरीकले राज्यको उपस्थीती त अनुभुती गर्दैनन नै साथै राज्यप्रती जन-आश्था पनी कमजोर हुदै जान्छ तसर्थ सरकार ,सरकारी संयत्र समयमा संवेदनशिल हुन जरुरी छ ।

Post a Comment

Previous Post Next Post