माथेमा प्रतिवेदनमा फार्मेसीलाई किन सौतेनी व्यवहार?

डा.केदारभक्त माथेमा कार्यदलले पेश गरेको प्रतिवेदनले समग्र स्वास्थ्य क्षेत्र समेट्न सकेको छैन। स्वास्थ्य सेवा प्रदायक : एमबिबिएस र बिडिएसमात्र नभइ फार्मेसी लगायत ल्याब टेक्नोलोजि, नर्सिङ्, रेडियोग्राफर्, होमिओप्याथी, आयुर्बेद लागायत थुप्रै संकाय पर्दछन्।
यो प्रतिवेदन एमबीबीएस र बीडिएसजस्ता धेरै महङ्गा अर्थात् पैसा धेरै पर्ने विषयमा केन्द्रित छ । तर, किन प्रतिवेदनमा फार्मेसी र अन्य संकाय समेट्न सकिएन?
हाल विकसित देशमा डाक्टरभन्दा माथि रहेको फार्मेसी पेशालाई किन सौतेनी व्यहार गर्‍यो उक्त प्रतिवेदनले?
जसरी अस्पतालमा ईमर्जेन्सी सेवा हुन्छ त्यसरी नै फार्मेसी सेवा पनि हुन्छ। एउटा बिरामीको उपचार गर्न जति डाक्टरको भूमिका रहन्छ, फार्मसिस्टको भूमिका पनि त्यो भन्दा कम हुँदैन। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को एउटा अध्ययन अनुसार औषधी सेवन गर्न नपाएर मर्नेको भन्दा औषधीको गलत सेवन गरेर मर्ने बिरामीको संख्या बढी छ । सामन्यतया एउटा डाक्टरको हातबाट गल्ती हुँदा एक मात्रै बिरामी को मृत्यु हुनसक्छ भने एउटा फर्मसिस्ट को हातबाट गल्ती हुँदा लाखौँ बिरामीको ज्यान जान्छ।
यतिहुँदाहुँदै प्रतिवेदनमा फार्मेसीलाई सौतेनी व्यवहार गरिएको छ। यसले समग्र स्वास्थ्य क्षेत्रको हित नहुने प्रस्ट छ। समग्र स्वास्थ्य क्षेत्रको हितका लागि फार्मेसी लगायत अन्य सम्बन्धित क्षेत्रलाई समेट्न जरुरी छ भने यसतर्फ सबैको ध्यान जान जरुरी छ।

टेक बिक 

प्रकाशित मिति: बुधबार, भाद्र २३, २०७२ १७:५७:५५

See more at: http://setopati.com/pathak-bichar/33595/

Post a Comment

Previous Post Next Post