बाँकेका औषधि निरीक्षक गौतम घुस लिदालिदैँ पक्राउ

औषधि व्यवस्था विभाग बाँकेका औषधि निरीक्षक सुरज गौतम घुस लिदालिदैँ पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय कोहलपुरको टोलीले उनलाई १ लाख ५० हजार घुस लिदालिदैँ आज पक्राउ गरेको हो ।
उद्योग नविकरण र पुन संचालनका लागि उनले सेवाग्राहीबाट माग गरेको रकम लिन लाग्दा उनी पक्राउ परेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय कोहलपुर प्रमुख एसपी दीपक थापाले जानकारी दिए । उनले कार्यालय समय सकेपछि साँझ नेपालगंज १६ मा रहेको जयशुभम मेडिकल हलमा सेवाग्राही बोलाएर रकम लिएका लिए ।
भ्रष्टाचार विरुद्ध अख्तियारको कोहलपुर शाखा पछिल्लो समय निकै सक्रिय भएको छ । उसले विभिन्न स्थानमा अप्रेसन समेत चलाउँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, भाद्र ३०, २०७२ २०:१०:५८




Post a Comment

Previous Post Next Post