बुढयौली रोक्न हरियो गोलभेडा र स्याउ

बढ्दो उमेरसँगै मांसपेशीमा कमजोरी लगायतका लागि कारक ठानिएको प्रोटिन पत्ता लगाउने समय वैज्ञानिकहरूले दुई यस्तो प्राकृतिक यौगिक पत्ता लगाएका छन् जसले बूढो हुँदै गएको मांसपेशीमा यो प्रोटिनको सक्रियता कम गर्छ । यसले गर्दा मांसपेशीमा हुने कमजोरी र विस्तारै बिगिँ्रदै जाने प्रक्रिया कम गर्न सकिन्छ ।
यो अनुसन्धान जर्नल अफ बायोलजिकल केमेस्ट्रीमा प्रकाशित भएको हो । एटीएफ ४ नामक यो प्रोटिन मांसपेशीको जिनको अभिव्यक्तिमा परिवर्तन ल्याउँछ । यसले गर्दा मांसपेशीको प्रोटिन शोषण, बल र घनत्वमा कमी आउँछ ।

स्याउमा पाइने आसौलिक एसिड र हरियो गोलभेडामा पाइने टोमेटिडाइनको यस्तो सूक्ष्म अणुको रूपमा पहिचान गरेका छन् जसले भोकको निष्क्रियताले गर्दा मांसपेशीमा हुने नोक्सानलाई रोक्न सकोस् ।
अध्ययन अनुसार, आर्सोलिक एसिड र टोमेटिडाइनलाई बढो उमेर अन्तर्गत हुने मांसपेशीको कमजोरी र क्षरणको उपचारका लागि उपयोग गर्न सकिन्छ ।
प्रकाशित: आश्विन १०, २०७२ ,  कान्तिपुर

Post a Comment

Previous Post Next Post