औषधी उधोगमा अख्तियारको छापा

बारा-औषधी उत्पान गर्ने उधोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार साँझ छापामारी उधोगमा सिलबन्दी गरेको बाराको गढीमाई नगरपालिका नितनपुर स्थित युनिक फर्मासिटिकल प्रालिमा आयोगले छापामारी गरी सिलबन्दी गरेको हो
उधोगले उत्पादन गरेको औषधीको बारेमा जनगुनासो बढेको उत्पादन गरेको औषधीहरु लुकाएको आरोपमा अख्तियार क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाको टोलीले उधोगमा छापामारेको आयोगका सहप्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए

अख्तियारको केन्द्रीय कार्यालयमा रहेका प्रहरी वरिष्ठ उपरिक्षक योगेश्वर रोमखामी मगर स्वास्थ्य निर्देशनालय हेटौडाका निमित्त प्रमुख टंकप्रसाद चपागाईको नेतृत्वमा रहेको टोलीले उधोगमा छापामारेर उधोगको कागजपत्रहरु आफ्नो नियन्त्रणमा लिएको

अख्तियारका सह प्रवक्ता रिजालले उधोगले उत्पादन गरेको औषधीको गुणस्तर देखी लिएर राजस्व तिरे नतिरेको लगायतका धेरै कुरामा अनुसन्धान भईरहेको बताए अख्तियारले उधोगमा आईतबार केही अनुसन्धान भएपनि बाकिँ अनुसन्धानका काम सोमबार गरेपछि बिस्तृत कुरा गर्न सकिने बताए

रिजालले उधोग सञ्चालकले अहिले उधोग दर्ता नविकरण नगराएको औषधी उत्पादन गर्नका लागि चाहिने ल्याव पनि उधोगले नराखेको अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए


बीरगंजका उधोगी पवन पाटवारीले सञ्चालन गरेको उधोगले उत्पादन गरेको औषधीहरु देशको बिभिन्न भागमा बिक्री बितरण हुँदै आएको छ। उधोगले पहिला कुनै गल्ती नगरेको एकै पटक अख्तियारले छापामारी अनुसन्धान गरिरहेको कुराले आश्चर्यमा परेको उधोगका सञ्चालकले बताए
Source: Nagarik News

Post a Comment

Previous Post Next Post