दीपेश प्रधान, मार्केटिङ म्यानेजर, एसियन फर्मास्युटिकल्स
मआरका रुपमा औषधि कम्पनीमा करिअर सुरु गर्दा कसैले भनिदियो, ‘यसले गरी खाँदैन ।’ जस्तोसुकै दुःख गरेर भए पनि जीवनमा एउटा उचाइ भेटाएरै छाड्ने जोश जाँगर भएकै बेला यसो भनिदिँदा मन चसक्क हुने नै भयो । दीपेश प्रधानाङ्ग यही कुरालाई मनन गरेर अघि बढे– मैले किन नसक्ने ?
दीपेश प्रधान, मार्केटिङ म्यानेजर, एसियन फर्मास्युटिकल्स |
उसो त डाक्टरको छोराले औषधि कम्पनीको झोला बोक्नुपर्ने अवस्था सहजै पचाउने समाजको विकास भएकै थिएन त्यतिबेला । जागिर खानु र नखानुले उनको घरव्यवहार तलमाथि पर्ने पनि होइन । तर, दीपेश भन्छन्, ‘त्यो जागिर मेरो एउटा सपना थियो र आजको दिन मेरो लक्ष्य थियो ।’
पिता डाक्टर भएकाले घरमा एमआरको आउजाउ बाक्लै देखेका थिए दीपेशले । औषधिसँग चिनजान त हुने नै भयो । । कमाइको खासै ख्याल नहुने उमेरमै उनलाई एमआरको बोल्ने शैली र चिरिच्याँट्ट लवाइखवाइले मोहनी लगाइसकेको थियो । भन्छन्, ‘एमआर पेशा साह्रै स्मार्ट लाग्थ्यो ।’
सानै उमेरमा एमआरले दिमागमा पारेको गहिरो छाप मीनभवन क्याम्पसबाट बिकम सकेपछि पुनर्जागृत भइहाल्यो । त्यसपछि सानोतिनो मार्केटिङको अनुभवसहित उनी एसियन फर्मास्युटिकल्स प्रालि पुगेका थिए ।

दुई मार्केटिङ म्यानेजर र दीपेशजस्तै जोसजाँगर भएका ६ जना एमआरसहित एसियनले आफूलाई बजारमा होमेको थियो । त्यसैको परिणाम आज कम्पनी झाँगिएको छ । एमआरबाट प्रवेश गरेका दीपेश मार्केटिङ म्यानेजर छन् । कम्पनीमा एमआर मात्रै ९० जना पुगेका छन् ।
देख्नु र भोग्नु आकाश–पाताल सरहका फरक कुरा हुन् । उनले चिटिक्क परेर हिँडेका मीठो बोल्ने एमआर देखेका थिए । तर आफ्नो कम्पनीको औषधिप्रति विश्वास दिलाउन कति पापड बेल्नुपर्छ भन्ने त भोगेपछि मात्रै थाहा पाए ।
पहिले कम बोल्ने स्वभावका थिए उनी । बोलेरै उँभो लाग्ने करिअरमा पुगेपछि उनलाई समयले चाहिनेजति बोल्न सिकायो । भन्छन्, ‘म जति बोल्थेँ, त्यतिले पनि प्रभाव राम्रै पथ्र्याे ।
पहिले कम बोल्ने स्वभावका थिए उनी । बोलेरै उँभो लाग्ने करिअरमा पुगेपछि उनलाई समयले चाहिनेजति बोल्न सिकायो । भन्छन्, ‘म जति बोल्थेँ, त्यतिले पनि प्रभाव राम्रै पथ्र्याे ।
उनको सहजै घुलमिल हुने बानीले पनि करियरको सिँढी चढ्न सघायो । कामप्रतिको लगाव र मिहिनेतका कारण क्रमशः सफलता मिल्दै गयो । ७ वर्षअघि औषधि कम्पनीमध्येमा सानै उमेरका म्यानेजर हुन पुगे दीपेश । ‘अरु कम्पनीमा उक्त पदमा पाका मान्छे मात्रै थिए,’ उनी भन्छन्, ‘मलाई लाग्यो– यो उमेरमै म्यानेजर नबनौं ।’ उनले अग्रजलाई नियुक्त गर्दा पनि आफू उत्तिकै लगनसहित अघि बढ्ने आशय समेत प्रकट गरे । तर कम्पनीले उनको विकल्प देखेन ।
सरकारी चिकित्सक बुबासँगै उनको विद्यार्थी जीवन सरुवा भइरह्यो । पोखराबाट प्राथमिक शिक्षा थालेका उनी काठमाडौँ र भारत समेत पुगे । एसएलसी दिने समयमा भने बुटवलमा थिए । अब्बल दर्जाका विद्यार्थीमा उनी कहिल्यै परेनन् । जसोतसो आइएस्सी गरे पनि डाक्टरी पढ्ने आँट उनले गरेनन् । आजको अवस्थामा आइपुग्नुको श्रेय उनी अग्रजहरुलाई दिन्छन् । ‘मलाई अग्रजले जहिले पनि उत्साह दिए, हौसला बढाए र उज्ज्वल भविष्यको आशा देखाए,’ उनले भने, ‘यसैका कारण म अघि बढ्दै गएँ ।’ उनलाई टिमवर्कमा असाध्यै विश्वास छ । भन्छन्, ‘टिमवर्कले गर्दा कम्पनी र म यहाँसम्म आइपुगेका हौँ ।’
Source: Swasthya Khabar
Tags:
News