देउराली जनताले पुरानै मूल्यमा औषधि उपलब्ध गराउने (अाैषधिको सुचीसहित)

मंसिर ३, २०७२- देउराली जनता फर्मास्यूटिकल्स प्रालीले आफूसँग मौज्दात रहेका औषधिहरु पुरानै मूल्यमा बिक्री वितरण गर्ने भन्दै उपलब्ध औषधिको सुची सार्वजनिक गरेको छ । देउराली जनताले आफूसँग भएका १ सय ८१ प्रकारका औषधिको नाम, कम्पोजिसन समेत सार्वजनिक गरेको छ ।
मुलुकभर विभिन्न ठाउँमा औषधिको मौज्दात सकिएको समाचार सार्वजनिक भइरहेका बेला देउराली जनताले पुरानै मुल्यमा औषधि उपलब्ध गराउने घोषणा गरेको हो । ‘देशमा उत्पन्न भएको असहज परिस्थीतिको कारण कुनै पनि नेपाली जनताले औषधि प्राप्त नभएर अकालमा आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने कुरामा सचेत रही हामी आफ्नो तर्फबाट उपलब्धताका लागि प्रयत्नशिल छांै,’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

फर्मास्यूटिकल्स्का कार्यकारी निर्देशक हरिभक्त शर्माले भने, ‘हामीले उत्पादन गर्ने औषधि माग अनुसार उत्पादन गरि विगरण गर्ने योजना हो ।’ अभाबमा केही मल्हम लगाउन सकिन्छ कि भनेर सार्वजनिक आब्हान गरेको उनले बताए ।
भारतको अघोषित नाकाबन्दीका कारण अति आबश्यक औषधि समेत हाहाकार हुनथालेपछि आफ्नो उत्पादनबारे कम्पनीले सार्वजनिक गरेको जनाएको छ । उक्त फर्मास्यूटिकल्स औषधितर्फ सरकारलाई सबैभन्दा बढी राजश्व बुझाउने उद्योग हो । दुई दिन अघि आन्तरिक राजश्व विभागले उद्योगलाई सम्मान समेत गरेको थियो ।
Source:
1. Deurali Janta Pharmaceuticals Pvt. Ltd.

2. Kantipur
3. अाैषधिको सुची

Post a Comment

Previous Post Next Post