औषधि गोदाममा आगलागी

पथलैयास्थित केन्द्रीय औषधि गोदाममा आइतवार भीषण आगलागी भएको छ । आगलागीले हुँदा पाँच करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जंगलमा लागेको डढेलोको आगो सल्केर आगलागी भएको अनुमान गरिएको छ । आपूर्ती व्यवस्था महाशाखाअन्तर्गतको गोदामको भवन र औषधि जलेको छ । उक्त गोदाबाट देशभरि औषधि वितरण गरिंदै आएको छ ।
विहान साढे नौं बजे सुरु भएको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण गर्न वीरगन्ज उपमहानगरपालिकाका दुई, कलैया नगरपालिकाको एक र हेटौंडा उपमहानगरपालिकाको एक गरी चार वटा बारुण यन्त्र तथा स्थानीय र प्रहरीहरु मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
जंगलमा अहिले सुख्खा याममा जताततै डढेलो लागेको छ । गोदाबाट वन कार्यालय तीन किमी दक्षिण सिमरामा पर्दछ । साता अघि वन मन्त्रालय र विभागलगायतको समन्यमा गोदाकै हलमा डढेलो सम्बन्धी चेतनामुलक तालिम चलाइएको थियो ।
आगलागी भएको गोदाम नम्बर ७ मा ग्लोबल फण्ड, युनिसेफ, एसडीएफबाट अनुदान प्राप्त र नेपाल सरकारले खरिद गरेको विषाधियुक्त झुल, कण्डम, किटनाशक औषधि, एडी सिरिञ्ज, इजी पेष्ट (लिटोको पिठो), कपास, हात्ती पाइलेको औषधिहरु पूर्णरुपमा जलेर नष्ट भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत अरुणकुमार झाले जानकारी दिए । आगलागीबारे थप अनुसन्धान भइरहेको सिमराका प्रहरी निरीक्षक पुरुषेत्तम खड्काले बताए ।   
source:Kantipur

Post a Comment

Previous Post Next Post