Job Opportunity !!!

स्वास्थ्य मन्त्रालयले नर्स, अनमी, एचए, अहेब सहित ९ पदमा ५७९ स्वास्थ्यकर्मी माग गरेको छ। मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले सो संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो।
नेपाल स्वास्थ्य सेवाको चिकित्सक सेवाका लागि क्षेत्रीय कार्यालयले करारमा जनशक्ति माग गरेको हो। अन्तर्वार्ताबाट छानिने स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी अनमी माग भएको छ। अनमकीको माग संख्या २४० छ। त्यसपछि हेल्थ असिस्टेन्ट १८०, अहेब १४० माग भएको छ।

स्टाफ नर्स ७, ल्याब असिस्टेन्ट ६ जना सहितको पदमा माग भएको छ। पश्चिमाञ्चल निर्देशनालयको बैंक अकाउन्टमा १५० रुपैयाँ तिरेर यी जागिरमा आवेदन गर्न सकिने जनाइएको छ।
- See more at: http://nagariknews.com/society/nation/story/61432.html#sthash.8R2C9CPQ.dpuf

Post a Comment

Previous Post Next Post