आज देखि नेपाल एअरलायन्सले औषधि ढुवानी गरिदिने

काठमाण्डौ, कार्तिक २९ (मेस)राज्यको वर्तमान परिस्थितीका कारण औषधी तथा औषधीजन्य उपकरणको आपुर्तिमा परेको असरबाट स्वास्थ्य संस्थाहरु द्धारा प्रदान गरिने सेवा प्रवाहमा परेको असरको सम्बन्धमा विभिन्न स्वास्थ्य सम्बन्धी क्षेत्रमा सिर्जना भएको अप्ठ्याराहरुको बस्तु स्थिती अध्ययन र विश्लेषण गरी समस्या समाधानका उपाय निकाल्न गठन भएको कार्यदलले बजारमा LIFE SAVING DRUGS अभाव हुदै गएको अवस्थामा कार्यदलले संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आग्रह गरि तत्काल यहि कार्तिक २९ गते देखि नाकामा अड्केको औषधिहरु NEPAL AIRLINES ले नयादील्ली बाट ढुवानी गरिदीने परामर्श समितीका सदस्य PEAN का केन्द्रिय अध्यक्ष नेत्रनाथ पौडेलले हामीलाई बताउनु भयो । कार्यदलले कुनै पनि आयातकर्ताहरुको औषधि नाकामा अड्केको या ल्याउन समस्या भएको छ भने कार्यदललका संयोजक तथा औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेललाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । Source: emedicinebazzar

Post a Comment

Previous Post Next Post