सरकारको निशुल्क औषधि कहाँ पाइन्छ र कुन कुन औषधि पाइन्छ ? (नाम र स्थान सहित)



सरकारले नागरिकलाइ निशुल्क दिने भनिएको ४० प्रकार औषधि बाट ७० पुर्याएको ढेड बर्ष पुग्न लाग्यो तर जनताले औषधि पाएका छैनन् । जनताले निशुल्क औषधि कहिले सम्म पाउछन् भन्ने विषयमा सम्बन्धित सरकारी अधिकारीहरु नै अनविज्ञ छन् । अघिल्लो बर्ष १३ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले ४० प्रकारका औषधिको संख्या बढाएर ७० पु¥याउने निर्णय गरेको थियो । थपिएका अधिकांश औषधिहरु नसर्ने रोगका विरुद्ध रहेका छन् । मुटु, मधुमेह, उच्चरक्तचाप , मानसिक रोग सम्बन्धी, लेक लाग्ने समस्या(हाइ अल्टीच्यूट), दुखाइ कम गर्ने, युरीक एसिड, थाइराइड, मन्द दुखाइ, एलर्जी एन्टी फंगल तथा विभिन्न प्रकारका एन्टीवाइटिक औषधीहरु थपिएका छन । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाकाका अनुसार निशुल्क औषधिको ढिलाई हुनुमा आपूर्ति महाशाखाको कमजोरी भएको बताउछन् । उनले औषधि खरीदको काम आपूर्ति व्यवस्थाले गर्ने भन्दै उताबाट जति छिटो औषधि आए जनताले उति छिटो औषधि प्राप्त गर्ने दावी गर्छन । उता आपूर्ति महाशाखाले भने औषधि आउन अझै केही समय लाग्ने बताउछन ।

थपिएका औषधि स्थानीय तहसम्म पुग्यो भने झण्डै ८० प्रतिशत रोगका लागि जनताले औषधि किन्नु पर्दैन । निशुल्क भनिएका महत्वपूर्ण औषधिहरु जनतालाइ सहज पहँचको व्यवस्थापन गर्न सकिने हो भने ग्रामिण क्षेत्रका जनताको ८० प्रतिशत रोग निको हुन्छ । सरकारले हाल सम्म निशुल्क उपलब्ध गराउदै आएका सवै औषधीहरु २५ बेडसम्मका जिल्ला अस्पतालमा उपलब्ध हुने छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका र स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधिरु निशुल्क उपलव्ध हुनेछन् । 

निशुल्क औषधि हरु र पाइने स्थान यसप्रकार छ





रिया भण्डारी 
Source: News24

Post a Comment

Previous Post Next Post