रुपन्देहीका आधा दर्जन औषधि उद्योगहरु चरम संकटमा



रुपन्देहीमा रहेका आधा दर्जन औषधि उद्योगहरु कच्चा पदार्थ अभाव भए पछि पूर्णरुपमा औषधि उत्पादन गर्न सकेका छैनन् । अन्य नाका भन्दा सहज भनिएको भैरहवाको बेलहिया नाका हुदै आउनु पर्ने औषधिको कच्चा पदार्थ सिमानाका मै रोकिदा अहिले औषधि उत्पादनमा चरम समस्या पैदा भएको छ । रुपन्देहीमा रहेका आधा दर्जन औषधि उद्योगहरुको कच्चा पदार्थ लामो समय देखि भारतीय सीमा क्षेत्रमै रोकिएका छन् । नेपाल अन्य नाकाहरु भन्दा भैरहवाको बेलहिया नाकाबाट आयात गर्न निकै सहज भनिए पनि आयातमा भारतीय पक्षको असहजताको कारणले गर्दा औषधि जस्तो अति महत्वपूर्ण बस्तुको कच्चा पदार्थ करीब तीन महिना देखि सुनौली क्षेत्रमा रोकिएको छ । सिमाक्षेत्रमा बिनाकारण औषधि बनाउने कच्चा पदार्थ रोकिदा यँहा औषधि उद्योगहरु बन्द हुने अबस्थामा पुगिसकेका छन् । रुपन्देहीमा सिद्धार्थ फर्मास्युटिकल्स प्रालि.,एशियन फर्मास्युटिकल्स प्रालि.,एल्डर फर्मा स्युटिकल्स प्रालि,एप्पल फर्मा स्युटिकल्स, युनिभर्शल, ग्रेस लगायतका औषधि उद्योगहरु सञ्चालनमा रहेका छन् । कच्चा पदार्थको अभाबमा अहिले २ सिफ्टमा सञ्चालन हुने उद्योगहरु एक सिफ्टमा र एक सिफ्टमा सञ्चालन भएका उद्योगहरु दैनिक पाँच छ घन्टा मात्र सञ्चालन भैरहेको सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका अध्यक्ष डा. राम प्रसाद वस्यालले बताउनु भयो । डा. वस्यालले औषधि उद्योगहरु धरासायी अबस्थामा पुगिसकेकाले यस्लाई बचाउनका निम्ति तत्काल सरोकारवाला सबैले सिमानाकामा रोकिएका औषधिका कच्चा पदार्थ भित्रयाउन आबश्यक पहल गर्नु पर्ने डा. बश्यालको आग्रह छ ।



अहिले सम्म जेनतेन पुरानो मौज्दात कच्चा पदार्थले काम चलाईरहेको र अब थेग्न गाह्रो भैसकेको औषधि उद्योगीहरुको भनाई छ । डा. बश्यालका अनुसार सिमावर्ति क्षेत्र सुनौली बजारमा रुपन्देहीका औषधि उद्योगहरुको कच्चा पदार्थ बोकेका १२ ट्रकहरु बिना कारण करीब ३ महिना देखि रोकिएका छन् । ती ट्रकहरुमा औषधिका कच्चा पदार्थ संगै प्याकिंग मेटेरियल,बोतल लगायतका बस्तुहरु छन् । 
रुपन्देहीका औषधि उद्योगले मुलुकमा आबश्यक औषधिको १० प्रतिशत माग धान्दछ । प्राय सामान्य रुगाखोकी,ज्वरो,टाईफाईड,बिभिन्न भिटामिन तथा टनिकहरु,दुखाई कम गर्ने पेन किलर,मानसिक रोगका औषधि लगायत सामान्य प्रकृतिका रोगका औषधिहरु यँहा उत्पादन हुने गरेका छन् । अहिले मौज्दातमा रहेका बाकी औषधिहरु पनि ढुवानी गर्न समस्या भएको छ । मौज्दातमा रहेका औषधि पनि अब केही दिनका लागी मात्र पुग्ने छन् । नाकामा रोकिएका कच्चा पदार्थ र तयारी औषधी ढुवानी गर्न सकिएन भने बिकराल अबस्था आउछ । उता बीरगन्जबाट मार्ग परिवर्तन आएका अन्य तयारी औषधि बोकेका ट्रकहरु पनि सिमावर्ति क्षेत्रमा डेढ दर्जनको हाराहारीमा रोकिएका छन् । नाका सहज देखिएपनि भारतीय पक्षले पर्याप्त अर्थात उता रोकिएका ठूलो संख्याका ट्रक तथा कन्टेनरहरु छोडन नै आलटाल गरिरहेको भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख गणेश अर्याल बताउनु हुन्छ । 
सुरु देखिनै नाका सहज रुपमा सञ्चालनमा रहे पनि भारतीय पक्षकै कारणले गर्दा यो नाकाबाट अहिले सहज रुपमा आयात हुन सकेको छैन् । अन्य समय दैनिक ३ । ४ सय ट्रक आयात हुनेमा अहिले मुस्किलले १ सय वटा पनि हुदैन् । त्यस्मा अत्याबश्यक बस्तु औषधि,इन्धन,ग्यास नछाडी ,फलफुल तरकारी,चामल,आलु,प्याज बढी छाडने गरेको पाईएको छ ।


Post a Comment

Previous Post Next Post